नियम
उत्पादनको प्रमाणीकरण

(१) उत्पादक वा वितरकले दूधदानी र मुन्टो बाहेक अन्य कुनै उत्पादन विक्री गर्नु अघि त्यस्तो उत्पादनको प्रमाणीकरणको लागि उत्पादनको नमूना र समितिले तोके बमोजिमको दस्तूर सहित अनुसूची–४ बमोजिमको ढाँचामा केन्द्रीय खाद्य अनुसन्धानशालामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा केन्द्रीय खाद्य अनुसन्धानशालाले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी सम्बन्धित उत्पादन नेपाल गुणस्तर कार्यालयबाट निर्धारित वा सिफारिस गरिएको गुणस्तर अनुसारको र मानव उपभोगको लागि उपयुक्त देखिए त्यस्तो निवेदन परेकै मितिले तीन महिनाभित्र त्यस्तो उत्पादनको प्रमाणीकरण गरिदिनु पर्नेछ ।